स्थानीय तह मधेसमा २१ र काठमाडौंमा दुई थपियो
काठमाडौं । आइतबार बसेको मन्त्रखिपरिषद्को बैठकबाट सरकारले स्थानीय तहको संख्या ७४४ नै बनाउने निर्णय गरेको छ । साथै राजनीतिक सहमतिका आधारमा संख्या थप गर्ने बाटो पनि खुला राखिएको छ ।बालानन्द पौडेल नेतृत्वको पुनर्संरचना आयोगले ७१९ स्थानीय तह सिफारिस गरेको थियो ।
तर, मधेसी मोर्चाले असन्तुष्टि बनाएपछि हितराज पाण्डेको नेतृत्वमा बनेको कार्यदलले आयोगले सुरुमा तोकेको अधिकतम सीमालाई नै मान्यता दिएको छ ।
कार्यदलको प्रतिवेदनलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेको हो र, स्थानीय विकास मन्त्रालयमार्फत निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।
बैठकपछि मन्त्री पाण्डेका अनुासार, ‘राजनीतिक समझदारीका अधारमा सरकार अझै अन्य निर्णय लिन तयार रहेको बताएका छन् ।
मधेसी मोर्चालाई सहमतिमा ल्याएर चुनाव गराउनु आफूहरुको उद्देश्य भएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाटो खुला राख्ने निर्णय गराएका हुन् ।
प्रदेश नम्बर दुईमा २१ स्थानीय तह थप भएको छ । ७१९ हुँदा प्रदेश नम्बर २ मा १०६ स्थानीय तह हुन्थ्यो । अब १२७ पुग्नेछ, जुन इलाका हुँदा सरह हो ।
काठमाडौंमा भने दुई स्थानीय तह थपिएको छन् । शंखरापुर र दक्षिणकालीलाई नगरपालिका बनाइएको छ ।
साथै मनाङ र बझाङमा एकरएक स्थानीय तह थप भएको छ । नुवाकोटमा प्राविधिक समितिको सिफारिसलाई नै मान्यता दिइएको छ भने खोटाङमा आयोगको सिफारिसलाई नै स्वीकार गरिएको मन्त्री पाण्डेले बताए ।
स्थानीय विकासमन्त्री हितराज पाण्डे नेतृत्वको कार्यदलले शुक्रबार ७३८ स्थानीय तहको प्रस्ताव गरेको थियो । जस अनुसार प्रदेश नम्बर २ मा १७ र बझाङ र मनाङमा १(१ थपिने थियो ।
तर, माओवादी र कांग्रेसबीच स्थानीय तहको संख्या ७४४ नै बनाउने समझदारी भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मधेसमा ४ र पहाडमा दुई थप्ने सहमति भएको थियो ।

Post a Comment