बनभोज कार्यक्रम सम्पन्न

बनभोज कार्यक्रम सम्पन्न


काठमाडौ । नेपाल इलेक्ट्रिसियन संघ काठमाडौले गत शनिवार मन्जुश्री पार्क चोभारमा बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युतीय व्यवसायी महासंघका द्धितिय. उपाध्यक्ष संजय श्रेष्ठले लोडसेडिङ्ग अन्त्य अभियानमा इलेक्ट्रिसियनको पनि ठूलो हात रहेको बताए उहाँले विद्युतीय व्यवसायी र इलेक्ट्रिसियनको सम्बन्ध नङ र मासुको सहर हुने जिकिर गरे । देशको विकास हुन विद्युत क्षेत्रको विकास पहिला हुन आवश्यक छ त्यसै संग विद्युतको विकासमा इलेक्ट्रिसियनको भुमिका धेरै हुने उपाध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा संघका अध्यक्ष भीमलाल श्रेष्ठले नेपालमा इलेक्ट्रिसियन पेशा धरासायी बन्दै गएको र यसलाई हामीले नै सधार्नु पर्नेमा जोड दिए । बजारमा विभिन्न खालका विद्युतीय सामाग्री विक्रि भईरहेका छन् इलेक्ट्रिसियनले गुणस्तरीय सामाग्री मात्र प्रयोग गर्न ध्यानाक्रषण समेत गरे । उहाँले संघ इलेक्ट्रिसियनहरुको हक हितको लागि नै स्थापना भएको र इलेक्ट्रिसियनलाई पर्ने समस्यामा संघले सहकार्य गर्ने बताए ।
कार्यक्रममा काठमाडौ विद्युतीय व्यवसायी संघका उपाध्यक्ष राजेन्द्र वैष्णव, प्राविधिक शिक्षा तथा व्यवसायीक परीक्षा नियन्त्रण कार्यलय सानोठिमीका गोविन्द पौडेल, पायोनियर केवलका प्रमुख नारायण खनाल, मध्यपुर इलेक्ट्रो ग्रुप भक्तपुरका अध्यक्ष, विश्वहरी श्रेष्ठ,  नेपाल विद्युतकर्मी समाज भक्तपुरका उपाध्यक्ष हरिरत्न ध्वजु, नेपाल इलेक्ट्रिसियन संघ सिमराका सचिव भीम खनाल, विद्युत संसार साप्ताहिकका प्रधान सम्पादक राम प्रसाद पौडेल लगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
इलेक्ट्रिक क्षेत्रमा काम गदै आएका इलेक्ट्रिसियनहरुको संगठनको रुपमा स्थापीत गर्न सफल संघले लगभग ३ सय जना इलेक्ट्रिसियनहरु माझ कार्यक्रम संघका सचिव कान्छा श्रेष्ठले उद्घोषण गरेका थिए । उहाँ बनभोज कार्यक्रमको संयोजक समेत हुन् ।
एक हजार भन्दा धेरै सदस्य भएको यस संघमा मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत शनिवार गरिएको बनभोज कार्यक्रममा उल्लेख्य संङख्यामा इलेक्ट्रिसियनहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जे.पी. इलेक्ट्रिक, जानकी केवल, , सत्यशाही इलेक्ट्रिक मैतिदेवी, एन जि इलेक्ट्रिकस् प्रा.लि. ( इलेक्ट्रा इलेक्ट्रिक), विसाल लिड, प्रिमियर वायर थापाथली, चामुण्डा ट्रेड एण्ड सप्लायस् लगायत कम्पनीले कार्यक्रममा सहकार्य गरेको थियो ।
कार्यक्रममा विभिन्न कम्पनी तथा संघका कार्यसमितिका सदस्यबाट करिव २ लाख बराबरको उपहार वितरण भएको थियो ।

Post a Comment

Previous Post Next Post