महिलालाई सीपमूलक तालिम
७ वैशाख, बिहिबार
राष्ट्रिय युवा
परिषद् अन्तर्गतको जिल्ला युवा समितिको कार्यालयले स्टाइल ब्यूटी
पार्लरसँगको सहकार्यमा भक्तपुरको मध्यपुर थिमिमा महिलालाई लक्ष्यित गरी ३९०
घण्टे सीपमूलक तालिम सञ्चालन गरेको छ ।
बेरोजगार युवाहरुलाई
रोजगारी दिने तथा स्वदेश मै दक्ष युवा जनशक्ति उत्पादन गर्ने उद्देश्यले
तालिम सञ्चालन गरेको हो । तालिममा सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञानलाई
प्राथमिकता दिएको प्रमूख प्रशिक्षक सुमिना मानन्धरले जानकारी दिनुभयो ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, सीटीईभीटीको पाठ्यक्रम
अनुसार सन्चालित तालिम पश्चात सोही ठाउँमा प्रशिक्षार्थीहरुले सीप परीक्षण
गराउन सक्ने पनि मानन्धरले जनाउनुभयो । वैशाख ५ गते देखि शुरु भएको तालिममा
दैनिक ५ घण्टाका दरले महिला श्रृङ्गार सम्बन्धिको कक्षा सन्चालन भइरहेको छ
।
जिल्ला मै पहिलो पटक सन्चालित तालिममा भक्तपुरका विभिन्न
ठाउँबाट १० जना महिलाहरुको सक्रिय सहभागिता रहेको कार्यालय प्रमूख पद्मराज
जोशीले जानकारी दिए । देशभरका ५०० बेरोजगार युवालाई सीप सिकाउने योजना
अनुरुप भक्तपुरमा महिलाहरुलाई प्राथमिकता दिएर तालिम सन्चालन गरेको उहाँको
भनाई छ । युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले
पछिल्लो समय देशका ७५ वटै जिल्लामा शाखा बिस्तार गरेको छ । सोही शाखा
अन्तर्गत फरक ठाउँमा आ–आफ्नै तरिकाले कार्यक्रम सन्चालन भएको छ । जिल्ला
समितिले सिलाई कटाई, हेयर ड्रेसर, पम्बिङ, हाउस वायरिङ लगायतका अन्य
तालिमहरु समेत सन्चालन गर्छ । युवा समितिको कार्यालयले जस्तै शिक्षा
मन्त्रालय अन्तर्गतको ईभेन्ट परियोजना कार्यक्रम र घरेलु तथा साना उद्योगले
पनि युवा लक्ष्यित सीप मूलक तालिम कार्यक्रम सन्चालन गर्छ ।

Post a Comment