– ईश कुमार गंगानिया
म अम्बेडकारको विचारधारा वा अम्बेडकरवाद र दलित शब्दको प्रयोग र दलित शब्दलाई केन्द्रमा राखेर अस्तित्वमा आएको दलित साहित्यलाई लिएर एक अनौठो प्रकारको द्वन्द्वबाट गुज्रिरहेको छु । सम्भवतः यो बहसले हामीलाई अम्बेडकर र दलित साहित्यको अन्तरसम्बन्धलाई बुझ्न मद्दत गर्ने छ । वास्तवमा मलाई दलित शब्द अम्बेडकरवादको हिस्सा लाग्दैन । दलित शब्द कुनै पनि समाजको गरिमापूर्ण पहिचान कहिल्यै पनि बन्न सक्दैन भन्ने मेरो स्पष्ट मान्यता रहेको छ । मेरो सीमित अध्ययन र मलाई थाहा भए अनुसार अम्बेडकरले दलित शब्दलाई समाजको पहिचान बनाउन कहिल्यै पनि आफ्ना मानिसहरूलाई आह्वान गरेनन् ।
दलित शब्दको प्रयोगको स्वयं अम्बेडकरले तर्कयुक्त आधारमा खण्डन गरेका छन् जो उनको सम्पूर्ण वाङ्मय संख्या ४ को पृष्ठ २२८ मा नामाकरण शीर्षकमा यसप्रकार प्रस्तुत गरिएको छ – “जुन जातिलाई अहिले दलित भनिन्छ, उनीहरूलाई यस शब्दको प्रयोग प्रति ज्यादै आपत्ति रहेको छ ‘ यो शब्दले दलित वर्ग एक निम्न र असहाय समुदाय हो भन्ने धारणा पैदा गर्छ जबकी वास्तविकता यो छ कि हरेक प्रान्तमा यो जातिका धेरै सुसम्पन्न र सुशिक्षित मानिसहरू छन् र सम्पूर्ण समुदायमा आफ्नो अधिकार प्रति सचेतना जागृत भइराखेको छ । उनीहरू भारतीय समाजमा सम्मानजनक दर्ता प्राप्त गर्न प्रबल इच्छा राख्दछन् र यसलाई प्राप्त गर्न सक्दो प्रयास गरिरहेको छ । यी सब कारणको आधारमा दलित शब्द अनुपयुक्त र अनुचित छ ‘ दलित वर्गको प्रतिनिधिको नाताले म विनासंकोच भन्न सक्छु कि जबसम्म यो भन्दा उपयुक्त शब्द पाइँदैन तबसम्म अस्पृश्य वर्गलाई बाह्य जाति वा बहिष्कृत जातिको नामबाट सम्बोधन गरियोस् ।” यहाँ के पनि जान्नु जरुरी छ कि केही बुद्धिजीवीहरूले दलित समाजलाई मूलनिवासीरअम्बेडकरवादी समाज जस्ता र अन्य नयाँ(नयाँ पहिचान दिलाउन संघर्षरत समेत छन् ।
आज पनि बुद्धिजीविहरूको एक ठूलो जमात आफूलाई दलित र आफूद्वारा रचित साहित्यलाई दलित साहित्यको रूपमा चिनाउने अडानमा छन् । यस मध्ये कचा इलैया पनि एक हुन् जो एकजना ठूला दलित चिन्तक समेत मानिन्छन् । उनी लेख्छन् – “अब धर्मको इतिहास अन्ततर्फ पुगिसकेको छ । हामीले हाम्रो समग्र समाजलाई दलितीकरण गर्नु जरूरी छ । दलितीकरणले नै समस्त भारतीय समाजमा नयाँ समतावादी भविष्यको स्थापना गर्न सक्छ ९म किन हिन्दू होइन, पेज १०४० ।” यस टिप्पणीलाई गम्भीरतापूर्वक विचार गर्दा समस्त भारतीय समाजलाई किन दलितीकरण गर्नु आवश्यक छरु समस्त समाजको दलितीकरण कसरी हुन्छरु के दलितीकरण गर्दा गैरदलितहरूलाई विभिन्न प्रकारका तल्लो जातिहरूमा विभाजित गरिनेछरु के उनीहरूलाई आर्थिक, सामाजिक, बौद्धिक र राजनीतिक रूपमा दबाइने छन्रु के उनीहरूमाथि विभिन्न प्रकारका अन्यायहरू गरिनेछन्रु के कांचा इलैयाले समस्त समाजलाई दलित बनाउन चाहन्छन्रु समतारूपी समाजको निर्माण गर्ने यही तरीका होरु मैले यस विषयमा गहिरिएर सोचे तर अझै मैले दलितीकरणको अर्थ र प्रक्रिया देख्नमा र अनुभव गर्दा कस्तो हुन्छ भन्ने बुझ्न सकिन । साथै यसबाट कसरी भारतीय समाजमा नयाँ समतावादी भविष्यको स्थापना हुन सक्छरु कांचा इलियाले यसलाई ठीक रूपमा स्पष्ट पार्नु जरूरी छ । तर मेरो विचारमा यसप्रकारको सोच अम्बेडकरवादी हुन सक्दैन, यो हिनावोधको गन्धयुक्त दलितवादी सोच हो ।
यस सन्दर्भमा, म भि।टी। राजशेखर जस्ता प्रखर चिन्तकलाई उल्लेख गर्न चाहन्छु जसले अंग्रेजी पत्रिका दलित आवाज पनि निकाल्दछन् । उनका अनुसार – “दलित हुनु यस प्राचीन धर्तीको मूलनिवासी हुनु भएकोले गर्व गरौ । आउ, शिर उँचा पारेर हिडौं । दलित संस्कृतिमा गर्व गरौं । कालो नै सुन्दर हुन्छ ९दलित आवाज, भाग ८, अङ्क १६, जून १(१५, १९८८० ।” मलाइ यस देशको मूलनिवासी हुनुमा त गर्व छ र मलाई मेरो शिर उँचो राख्न यही कारण नै पर्याप्त छ । तर दलित हुनुमा कसरी गर्व गर्न सकिन्छरु
यो पनि प्रबल दाबाका साथ तर्क गरिन्छ कि दलित साहित्य अम्बेडकरबादी विचारधारामा आधारित छ र परिमाणस्वरूप यसले अम्बेडकरको बिचारको आधारमा हिन्दुत्वको जमेर विरोध गरिराखेको छ । यी सक्रियताले बौद्ध धर्मलाई समाजको धर्मको बनाउन ठूलो कोसिस भइराखेको जनाउँछ । जाति विहीन समतामूलक समाज सिर्जनाको बहस पनि भइराखेका छन् । नारी अस्मिता र सशक्तीकरणको विषयले पनि मुख्यधारको लडाईमा प्रमुखताका पाएको छ । कविता, कथा, उपन्यास र आत्मकथाहरूमा शोषण उत्पीडनको बारेमा समेत पर्याप्त चर्चा भइराखेकन छन् । यो पनि भनिन्छ कि शोषक र शोषितलाई स्पष्ट रूपमा चिन्न दलित साहित्यले ठूलो मद्दत गरिराखेको छ । यस साहित्यमा आक्रोश यति बढेको छ कि यी आक्रोशहरू नै यस साहित्यको प्रमुख प्रवृत्ति बन्न पुगेको छ र यसका पक्षधरहरूले यही आक्रोशलाई नै दलित साहित्यको सौन्दर्यको रूपमा स्थापित गर्न लागिरहेका छन् । तर, हामीले के विर्सनु हुँदैन भने आक्रोशमा विवेक हुँदैन र यसले रचनात्मकतामा पनि ह्रास ल्याउँछ । मलाई के लाग्छ भने आक्रोसित हुनु भन्दा हामीहरूले आफ्नो कुरा तर्कपूर्ण, गम्भीरतापूर्वक र जिम्मेदारीपूर्ण तरिकाले राख्नु पर्दछ । म के कुरामा समेत सचेत छु कि दलित शब्द र यससँग जोडिएको दलित साहित्यलाई दलित साहित्यको रूपमा स्विकार गर्नेहरूको कमी छैन । तापनि मेरो दृष्टिमा यसले अर्ध सत्यताको मात्र प्रतिनिधित्व गर्छ, पूर्ण सत्यताको होइन ।
म यो मान्दछु कि आजकल धेरै जसो दलनरअत्याचारका पीडितहरू उनीहरू नै हुन्छन् जो दलित पहिचानको दायराबाट आफूलाई स्वतन्त्र राख्न चाहन्छन् र यसबाट बाहिर दृष्टि दिने कोसिस गर्दछन् । जसले दलितपनलाई आत्मसाथ गरेका छन् उनीहरूको लागि दलन वा शोषण वा उत्पीडनको कुनै खास अर्थ नै हुँदैन र उनीहरू दलित विरुद्ध बढ्दो हुने कुनै पनि अन्यायप्रति न कुनै प्रतिकार नै गर्दछ न यसबाट पीडित नै महसुस गर्दछ । स्पष्ट छ कि उनीहरू यसलाई नियति मान्दछन् । मलाई दलित साहित्यका समर्थकहरूले आफूलाई दलितको परिधिमा कैद राख्नु आफ्नो वास्तविक र गरिमापूर्ण पहिचानको खोजीमा निष्क्रियरउदासीन बनिरहनु आफ्नो साबिकको दलितपनालाई आत्मसाथ गर्नु जस्तो लाग्दछ ।
अम्बेडकरवादमा आधारित प्रो। तुलसीरामको आत्मकथा मुर्दहियालाई हेर्दा यसमा आक्रोश छ, पुरै प्रणालीको विरुद्ध विद्रोह छ तर यो विद्रोहको केन्द्रमा एउटा व्यक्ति नै रहेको छ । यसबाट जे प्राप्त प्राप्त हुन्छ सो व्यक्तिको लागि मात्र हुन्छ अरूको लागि हुँदैन । प्रो। तुलसीरामद्वारा सबै भूत प्रेत र अंधविश्वासी परम्परालाई तोड्नु गरिएको प्रयास अम्बेडकरवादको मुख्य प्रमाण हो । पढाइको लागि घर परिवारबाट टाढा नजिकको शहरमा जानु पनि विद्रोह हो र यसको उद्देश्य व्यक्तिगत उन्नति गर्नु नै हो । अम्बेडकरको सम्पूर्ण जीवन यस्तै थुप्रै विद्रोहहरूले भरिपूर्ण रहेको छ । अरूको खुट्टा नतानी अरूले भन्दा राम्रो काम गरेर अगाडि बढ्नुमा अम्बेडकरको विश्वास थियो । यसले नै समाजमा व्यक्तिको स्वीकार्यता र आदरणीयता बढाउँछ । यही दर्शनको बलबाट नै अम्बेडकर आज विश्वको १०० श्रेष्ठतम बुद्धिमानीहरूको श्रेणीमा सम्मानजनक अवस्थामा रहेका छन् । यस्तो अम्वेडकरबादी यस्तो सोचले गर्दा नै एउटा साधारण, अभावग्रस्त र असीम समस्याहरूबाट ग्रस्त बालकलाई जेएनयूको प्रो। तुलसीराम बनायो ।
प्रखर विद्वान डा। धर्मवीरको अध्ययन भने यसको विपरित रहेको छ । उहाँ आफूलाई अम्बेडकरको सच्चा अनुयायी ठान्नुहुन्छ । उहाँले आइएसएस जस्तो गरिमामय पद प्राप्त गर्नु भएको थियो भने र केही समय अघिसम्म उहाँले धेरै गम्भीर, सम्मान एवम् तारिफयोग्य लेखन पनि गरे । तर आज भोलि उहाँ तथागत बुद्ध र अम्बेडकरको दर्शनको जरामा माटो हालेर आफ्नो आधा अधुरो आजीवक दर्शनलाई जिउँदो राख्ने कोसिसमा छन् । डा। धर्मवीरले उनको आत्मकथा मेरो पत्नी र भेडिया मार्फत आफ्नो पुरानो सोचलाई आजीवक दर्शनको रूपमा प्रस्तुत गरेका छन् जो कबीरको विचारमा आधारित छन् । डा। धर्मवीरको यस गतिविधिहरूको तुलना हिन्दूवादको त्यो कट्टरवादी आन्दोलनसँग गर्न सकिन्छ जसमा हिन्दूलाई कहिले धर्म भनिन्छ, कहिले सिन्धु घाटीको सभ्यताको उपजको रूपमा हेरिन्छ, कहिले हिन्दीसँग जोडिन्छ, कहिले हिन्दूत्व भनिन्छ, कहिले राष्ट्रवाद भनिन्छ, कहिले जीवनशैली भनिन्छ र अरूपनि के के भनिन्छ तर अन्ततः यसले शंका माथि शंका मात्र जन्माउँछ ।
यो सिक्काको एउटा पाटो मात्र हो । अम्बेडकरवादी साहित्यमा हामी हाम्रो वैचारिक स्वतन्त्रताको अधिकारलाई प्रयोग गरेर शोषण(उत्पीडनका विभिन्न पक्षहरूको बारेमा छलफल गर्दछौ र यसको लागि जिम्मेवार मानिसहरूलाई स्वाभाविक रूपमा कठघरामा खडा गर्दछौ । तर यसो गर्दा कहिलेकाहीँ हामी आफै कठघरामा खडा हुन पुग्दछौ । अम्बेडकरवादी कविहरूले ब्राह्मणवादी संस्कृतिलाई कहिले पराया संस्कृति, कहिले मुर्दा संस्कृति, कहिले वेश्या संस्कृति र कहिले कुकुर संस्कृतिको रूपमा व्याख्या गर्दछन् । केही यस्ता कविहरू समेत छन् जसले हिन्दूवादी संस्कृतिलाई अपसंस्कृति र कोढी संस्कृतिको रूपमा मानी यसलाई हिन्दूहरू आफैले सम्हाल्नु पर्ने र यसलाई छुन नहुने तर्क समेत गर्दछन् । बुद्ध, अम्बेडकर दर्शन र अम्बेडकरको २२ प्रतिज्ञाहरूबाट नै यी कविहरूले कोढी वा आग्रहपूर्ण हिन्दू संस्कृतिलाई अस्वीकार गर्ने शक्ति, सुझबुझ र साहस प्राप्त गरेका छन् । यसका लागि उनीहरूले अम्बेडकरलाई धन्यवाद दिनु पर्छ नकि दलितवादलाई । यस सम्बन्धमा हामीहरूले कथा, कविता र उपन्यासहरूबाट धेरै उदाहरणहरू उदृढ गर्न सक्छौ ।
के दलितले लेखेका कुनै पनि लेखनलाई दलित साहित्यको रूपमा लिनु पर्दछ वा दलित साहित्यलाई अम्बेडकारवादी चिन्तनको हिस्सा मान्नु पर्दछ, यो अर्को सम्बन्धित प्रश्न हो । दलित साहित्य केवल दलितहरूले मात्रै लेख्न सक्छन् भन्ने दाबी अक्सर दलित साहित्यकारहरूले गरि राखिएको छन् । म यी दुबै तर्कसंग असहमति व्यक्त गर्न विवश छु । डा। विजय सोनकर शास्त्रीको लेखन मलाई अम्बेडकरवादी विचारधारामा आधारित साहित्य कतै लाग्दैन । यसकारण डा। शास्त्री दलित समुदायसँग सम्बन्धित भए पनि उनको साहित्य लेखन दलित साहित्य वा अम्बेडकरवादी चिन्तनमा खरो उत्रन सक्दैन ।
अम्बेडकरवादी चिन्तन वा अम्बेडकरवादलाई बुझ्नको लागि सबैभन्दा पहिले समाजमा व्याप्त अवसरवाद वा द्विविधापनको प्रवृत्तिलाई बुझ्न आवश्यक छ । यस सम्बन्धमा दलितहरू प्रति डा। विजय सोनकर शास्त्रीको भूमिकालाई हेरौ । डा। शास्त्रीले भारतीय जनता पार्टीको सांसदको रूपमा मात्र होइन अनुसुचित जातिको लागि बनेको राष्ट्रिय आयोगको अध्यक्षको रूपमा समेत सेवा पुर्यारएका छन् । शास्त्री भारतीय जनता पार्टीमा आवद्ध एक दलित प्रतिनिधि हुन् । विगत पाँच बर्षदेखि उहाँले अम्बेडकरको ठूलो ठूलो तस्वीर अंकित गरेर आन्दोलन नामक पत्रिका पनि प्रकाशन गरिरहनु भएको छ ।
डा। शास्त्रीले ७ सेप्टेम्बर २०१४ मा आरएसएस प्रमुख मोहन भागतबाट दिल्लीको एनडीएमसी कन्भेन्सन सेन्टरमा आयोजित एक कार्यक्रममा हिन्दु खटिक जाति, हिन्दु चर्मकार जाति र हिन्दु वाल्मीकीको जाति नामक तीनवटा पुस्तकहरू सार्वजनिक गराए । सो अवसरमा भागतले भने – “हिन्दू उपजातिहरूको संख्या कसरी हजारौ पुग्यो यो एउटा सोधको विषय हो । आजका अछुत जाति पहिलेका कट्टर हिन्दू एवम् बहादुर जाति थिए । विदेशी आक्रमणकारीहरूको अत्याचारलाई सहेर पनि उनीहरूले आफ्नो धर्म बदल्न अस्विकार मात्र गरेनन् धर्मको रक्षाका लागि फोहर मैला उठाउने जस्तो निम्नस्तरको कामलाई समेत स्विकार गरे । यसप्रकार उनीहरूभन्दा कट्टर हिन्दू अरू को हुन सक्छनरु”
उपरोक्त टिप्पणीलाई हामीले आम्बेडकरवादी चिन्तन वा अम्बेडकरवादी मापदण्ड जसलाई म आम्बेडकरको विखण्डनको सिद्धान्त समेत भन्दछु, को आधारमा परीक्षण गर्दा यो हिन्दुवादको निजद्वैतवाद वा विचारको द्विविधापनमा आधारित रहेको पाउँछौ । हिन्दूवादप्रति पूर्णरूपमा समर्पित, धार्मिक कट्टरवादी बुद्धिजीवीहरूको ठूलो जमात समेत भएको र हिन्दूवादको इतिहास र संस्कृतिलाई लिएर ठूला(ठूला दावी समेत गर्ने आरएसएस जस्तो संगठनलाई हिन्दूहरू कसरी हजारौं जातिमा बाँडिए भन्ने थाहा छैन यो कसरी सम्भव छरु यदि उनीहरूलाई साँच्चै नै थाहा छैन भने आरएसएसले आफूलाई हिन्दूहरू र राष्ट्रको शुभचिन्तकको रूपमा दाबी गर्नुको कुनै नैतिक आधार छैन । मलाई विश्वास छ आरएसएसलाई सबै थाहा छ त्यसकारण भागवतले भनेका छन् कि आजको अछुत जाति पूर्व कट्टर र बहादुर जाति थिए र उनीहरूले विदेशी आक्रमणकारीहरूको अत्याचारलाई सहेर आफ्नो धर्म परिवर्तन गरेनन् बरु फोहर मैला उठाउने जस्तो निम्नस्तरको कामलाई स्वीकार गरे । यतिमात्र होइन अन्तमा उनले यो निष्कर्ष समेत निकालेका छन् की अछुतहरूभन्दा कट्टर हिन्दू अरू कोही हुन सक्दैनन् ।
आजको बर्चस्ववादी वर्णवादी समाजले नै विगतमा आर्यको रूपमा यस देशका मूलनिवासीहरूलाई फोहरमैला सफा गर्ने र मरेको जनावरको छाला काढ्ने जस्तो घृणितभन्दा घृणित काम गर्न वाध्य पार्नुका साथै जीविकोपार्जनका अन्य विकल्पहरूमा समेत बन्देज लगाएका थिए । यो तथ्यलाई पुष्टि गर्ने प्रमाणहरूको कमी छैन । यहाँ आरएसएस प्रमुखले अन्य घृणित पेसाको कुरा नगरेर केवल फोहर मैला सफा गर्ने पेसाको मात्र उल्लेख गरेका छन् । यो वाल्मीकिहरूलाई तथाकथित दलित पहिचानभन्दा अलग पहिचान दिने प्रयास हो । त्यस्तै उनले वाल्मीकि जातिलाई उनीहरू वीर बहादुर जाति थिए र विदेशी आक्रमणकारी मुसलमानहरूले उनीहरूलाई यस घृणित कार्यमा सामेल गराएका थिए भन्नुको उद्देश्य एक तीरले दुईवटा चरा मार्नु हो । यहाँ उनले एक तर्फ यो सन्देश दिइरहेका छन् कि दलित वा अछुतहरूमा वाल्मीकिहरू नै वीर बहादुर जाति हुन् र संभवतः अन्य दलित वा अछुत वीररबहादुर होइनन् । अर्को तर्फ उनले यो सन्देश दिन कोसिस गरिरहेका छन् कि वाल्मीकिहरूलाई फोहर मैला सफा गर्ने पेसाको दलदलमा फसाउने काम मुसलमानहरूले गरेका हुन् र यसमा हिन्दूहरूको कुनै भूमिका छैन । तेस्रो उनले वाल्मीकिहरूलाई कट्टर हिन्दू हुनुको महसुस गराउनुको अर्थ भावी साम्प्रदायिक दंगा र टकरावको स्थितिसँग सामना गर्दा वाल्मीकीहरूलाई सक्रिय भूमिका निभाउनका निम्ति तयार गर्नु हो । यो फरक कुरा हो कि डा। विजय सोनकरले हिन्दू खटीक जाति, हिन्दू चर्मकार जाति र हिन्दू वाल्मीकि जाति नामक पुस्तकमा तीनवटै जातिलाई कट्टर हिन्दूको रूपमा घोषित गरेका छन् तर आरएसएस प्रमुखको उपरोक्त टिप्पणीमा केवल फोहरमैला सफा गर्ने वाल्मीकिहरूलाई नै वीर बहादुर र कट्टर हिन्दू मानिएको छ ।
यहाँ आरएसएस प्रमुखले जुनसुकै मूल्य चुकाउनु परे पनि धर्म परिवर्तन कदापि गर्नु हुँदैन भन्ने सन्देश दिन चाहन्छन् । यसको सिधा मतलब हुन्छ कि अछुतहरूलाई चाहे जस्तो सुकै निम्नस्तरको काम गर्न किन नपरोस्, उनीहरूले धेरै शोषण, उत्पीडन र हीनताबोधको सामना गर्न किन नपरोस् हिन्दू धर्म त्याग्नु हुदैन र हिन्दू धर्मको रक्षाको खातिर यस्ता पीडाहरूलाई आत्मसाथ गर्नु पर्दछ । उनीहरूले अम्बेडकरले झै बुद्ध धर्मको अंगीकार गर्नु हुँदैन । आरआरएस प्रमुखले यही अप्रत्येक्ष सन्देश ईसाई र इस्लाममा धर्म परिवर्तन गर्न खोज्नेहरूलाई दिएको देखिन्छ । यो हिन्दू कट्टरवादलाई अम्बेडकरवादको विरुद्धको कदमको रूपमा हेरिनु पनि अनुचित हुँदैन । निःसन्देह आरएसएस प्रमुखको एक तीरबाट धेरै निसाना लगाउने यो तरीका प्रशंसायुक्त छ र डा। विजय सोनकार यो अभियानको हिस्सा हुनु आजको यस अवसरवादी युगको ठूलो देन मान्नु पर्दछ ।
भाषणको क्रममा आरएसएस प्रमुखले भने – “हामीहरु आरक्षणको समर्थक हो । जबसम्म समाजमा असमानता कायम रहन्छ तबसम्म आरक्षणको आवश्यकता रहन्छ । समाजमा उच्चस्थान हासिल गर्नु दलितहरूको हक हो र उच्च जातिले यसको लागि सहयोग गर्दा कुनै दया गरेको ठहर्दैन । दलितहरूले एक हजार सालसम्म कष्ट सहेका छन् । उनीहरूको स्थितिलाई सुधार गर्नका लागि उच्च जातिहरूले सय वर्षसम्म मुस्किल झेल्न तयार हुनु पर्दछ ।” यो भनाई आरएसएस प्रमुखद्वारा आरक्षणको समर्थन भन्ने मुख्य समाचारका रुपमा टिभि वा समाचार पत्रहरूको सामाग्री बन्यो । यो दलित र गैरदलितहरूबीच पनि यो चर्चाको विषय बन्यो । चर्चा हुनु ठीक छ र आवश्यक समेत छ । म पनि यो विषयमा चर्चा हुनु जरुरी रहेको विचार राख्दछु । तर आरएसएस प्रमुखको भनाइमा मैले निजद्वैतवाद देख्दछु । उनको नजर एकतर्फ र निसाना अर्को तर्फ छ । उनको भनाइको दोस्रो हिस्सा दलितहरूले एक हजारसालसम्म कष्ट सहे र उनीहरूको स्थितिमा सुधार गर्नका लागि हामीहरूले सय वर्षसम्म मुस्किल झेल्नको लागि तयार हुनु पर्छ भन्ने भनाइले उनको भनाइको पहिलो हिस्सालाई शंकास्पद बनाएको छ । यहाँ आरएसएस प्रमुखले अछुतहरूको ३५०० वर्षभन्दा अघिदेखि भोगेको शोषणलाई कुनै पनि आधार विना घटाएर १००० वर्षमा सीमित गर्नु तर्कयुक्त छैन । उनले १००० वर्षको शोषण उत्पीडनको पूर्ति १०० वर्षको आरक्षणको माध्यमबाट गर्न चाहन्छन् ।
सबैभन्दा महत्वपूर्ण कुरा उनको भनाइमा के लुकेको छ भने अब आरक्षण केवल १८ वर्षसम्मका लागि मात्र प्रदान गर्नु पर्छ । आरक्षण सन् १९३५ मा शुरू भएको थियो र सन् २०३५ मा १०० वर्ष पुग्दैछ । अहिले हामीहरू सन् २०१७ मा छौ । यद्यपि आरक्षणलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा निर्णय गर्ने अधिकार न आरएसएस प्रमुखलाई न हामीहरूलाई नै छ । तर प्रश्न नियत र उद्देश्यको हो । मेरो लागि दुवै शंकास्पद छन् ।
अम्बेडकरवादी विचार र दलित साहित्यको अन्तरसम्बन्धमा विश्लेषण गर्दा मलाई फेरी दलित शब्दमा फर्कन प्रासंगिक महसुस भइरहेको छ । अम्बेडकरवादी चिन्तनका अनुसार दलित शब्दको विश्लेषण हुन आवश्यक छ । दलित शब्द एक विशेषण हो कुनै संज्ञा होइन । यस देशमा यहाँका मुलनिवासीमाथि हिंसा, शोषण उत्पीडन जारी हुनुका साथै उनीहरूलाई अस्पृश्य, अछुत, अत्यज, चण्डाल जस्ता अपमानजनक नामहरू समेत दिइन्छ । दलित शब्द पनि यसकै निरन्तरता हो र यही श्रेणीमा पर्दछ । यो सबै हामीमाथि थुपारिएको शब्दहरू हुन् र यो कुनै पनि विवेकशील समाजको पहिचानको परिचायक हुन सक्दैन ।
अम्बेडकरवादी चिन्तनले दलितहरुलाई आफ्नो वास्तविक पहिचानको खोजी गर्न हौसला दिन्छ जो लामो कपटपूर्ण इतिहास, हिंस्रक नरसंहार र निरन्तर चलिआएको शोषण उत्पीडनको सुरुवात हुनु अगाडि थियो । अहिलेसम्मको अध्ययनको आधारमा हामी के निष्कर्षमा पुग्न सक्छौ भने तथाकथित दलित यस देशका मूलनिवासी हुन र यी लोकायत संस्कृतिको संवाहक वा आजीवक हुन् जसले आफ्नो जीविकोपार्जनको लागि कडा मेहनत गर्दछन् । उनीहरु उच्च नैतिक मूल्य भएका शान्तिप्रिय श्रमजीवी हुन् । यो नै दलितहरूको र ऐतिहासिक चारित्रिक विशेषता हुन् । जो विद्वान दलित शब्दलाई आफ्नो पहिचानको रूपमा अंगीकार गर्न चाहन्छन् सायद उनीहरूले दलितको वास्तविक पहिचानसँग जोडिएको कडा मेहनतलाई बेवास्ता गर्न चाहन्छन् । उनीहरू दलितको वास्तविक पहिचानको खोजीबाट भाग्न चाहन्छन् र विपरीत धारको विरुद्ध पौडि खेल्ने साहस राख्दैनन् । यो भन्नु अतिश्योक्ति हुँदैन कि अम्बेडकरको चिन्तन वा अम्वेडरवादको सम्बन्ध केवल साहित्यसम्म सीमित छैन । यसको समाज, राष्ट्र र सम्पूर्ण मानवताको साथ घनिष्ठ अन्तरसम्बन्ध छ ।
अंग्रेजीबाट अनुवादः सागर शाही
– इसमताबाट

Post a Comment