धेरैलाइ थाहा छैन कि, नेवार सित इञ्जिनियरिङ र साइन्सको प्रचूर ज्ञान थियो । जुन नेवारको आफ्नै मुर्खता र आप्रवासीहरुको आक्रमणको कारण नष्ट भयो ।
नेवारले अवलम्बन गरेको छोयला पकाउने विधिपछाडि मात्रै कति धेरै बैज्ञानिक ज्ञानहरु लुकेको छ, धेरैलाइ थाहा नै छैन ।
नेवारले मोडर्न प्रविधिको ननस्टिक टेक्नोलोजी आउनु निकै अगाडि ननस्टिक भाँडो बनाएर त्यसमा दाय्कला पकाएर खान्थ्यो ।
नेवारले बनाउने संरचनामा गोल्डेन रेसियोको नियम अनिवार्य लागू गरेको हुँदा पश्चिमा बिज्ञानले त्यसको महत्व पत्ता लगाउनु अगावै नेवारले त्यसको उपयोग गरिसकेको सावित हुन्छ ।
सुनको जलप लगाउने प्रविधिको आविस्कारक पनि नेवार नै हो, जसले गर्दा नेवारको हातले बनाएको मुर्तिहरु कोरीया, मंगोलिया, पर्सिया, लंका, लाओस सम्म १५ औं शताब्दीमा नै पुगेको थियो, ती मुर्ति सितैमा दिने होइन, ठूलो बेपार हो।
जमिन मुनि चारकोल फिल्टर राखेर पानी प्रशोधन गर्ने प्रविधि, जुन प्रविधि अचेल पनि उच्च गुणस्तरको भोद्का बनाउन प्रयोग भइरहेको छ, ढुंगेधारा मर्मत गर्न खन्दा त्यस्तो प्रविधि देखेर जर्मनहरु समेत छक्क परेका थिए । त्यो पनि नेवारले नै गरेको ।
भोताहितिमा सबवे बनाउदा खनेको खाल्डोमा फेला परेको हितिको इतिहास हेर्नुस । सयौं बर्ष देखि जमिनमुनि पुरेको होला, तर खनेर निकाल्नेबित्तिकै यति सफा पानि आयो कि, सबैजना छक्क । यत्रो लामो समय जमिनमुनि भासिएर पनि पानी प्रशोधन कसरी भयो, अझै कसैलाइ थाहा छैन। त्यो बनाउने नेवारको बुद्धि अन्दाज गर्नुस ।
यस्ता कुराहरु यति धेरै छन् कि म सात दिन सात रात लगातार बताउन सक्छु होला ।
पोखरीको कुरा गर्नु भयो, त्यसको नाप, लम्बाइ चौडाइ गहिराइ, लोकेशन, इनलेट, आउटलेट, स्टोरेज टाइम, ओवरफ्लो, रिसाइक्लिङ, क्याचमेन्ट, न्यूट्रियन्ट साइकल आदि समेत सबै सबै बैज्ञानिक पक्षबाट अति मिलाएर डिजाइन गरी बनाइएको छ । एउटा पोखरीको पूर्ण एनालाइसिस गर्ने हो भने ८-१० वटा पिएचडि थेसिस बन्ने अवस्था रहेछ । पहिलाका नेवारले ती सबै नजानेको भए, त्यसरी बिकास हुने नै थिएन । धेरै मान्छे ले यस्तो प्राविधिक कुरा बुझ्दैन, घर, बाटो, चोक, मन्दिर आदि हेरेर नै वाह नेवारहरु भन्छ । तर त्यो मन्दिरमा पुजा गरेर राखेको ढुंगा, जुन दैनिक अविर चामल र अरु पुजा सामग्री को एब्यूज सहेर पनि सयौ वर्ष सम्म सुन्दरता नगुमाइ बसेको छ, त्यस्तो ढुँगा कहाँबाट ल्यायो, कस्तो औजारले मुर्ति कोर्यो, कसरी थापना गर्यो आदि सबै डिटेलमा थोरैले मात्र बिचार गर्छ । अहिले जस्तो प्रविधि नहुँदा, पुरानो प्रविधिको भरमा त्यस्तो मुर्ति बनाउन लरतरो ज्ञानले पुग्छ? ढुँगाको प्रकार चिन्नलाइ समेत मास्टर डिग्रि लेवलको नलेज चाहिन्छ ।
By
Mr Roshan Shrestha

Post a Comment