भक्तपुर २४ बैशाख । भक्तपुर नगरपालिकाको वडा न.ं तीन स्थित टेखापुखु टोलमा भएको आगलागीबाट पाँँच घर जलेर नष्ट भएका छन् । मध्य रातमा लागेको आगोको कारण पाँच घर पूर्ण रुपमा जलेर नष्ट भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।
आगलागीको कारण हालसम्म खुल्न नसेकेतापनि मध्ये रातमा लागेको आगो नियन्त्रणमा लिन उपत्यकाका तीनै जिल्लाका दमकलको प्रयोगका साथै भक्तपुर नगरपालिका, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाली सेनाका साथै स्थानीयहरुका साथ स्थानीयको टयाँकर प्रयोग गरि बिहान मात्र आगो नियन्त्रण लिएको प्रहरीले जानकारी दिएको छ ।
उक्त आगलागीमा तेखापुखुका इन्द्र शिल्पकार, कृष्णप्रसाद शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार र पुरुषोत्तम शिल्पकारको घर जलेर सम्पूर्ण भौतिक सामानहरु नष्ट भएको छ । आगलागीमा मानवीय क्षति नभएको र क्षति भएको भौतिक सामानको एकिन विवरण आउन नसकेको भक्तपुर प्रहरीले जानकारी दिएको छ ।

Post a Comment