सपना कसै कसैको मात्र पुरा हुने गर्दछ । धेरैको कहिल्यै हुँदैन ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरुले चुनाव प्रचारको क्रमलाई पनि तिव्रता दिएको छ । अहिले दलहरु मतदाताको घर दैलोमा भोट माग्नका लागि ग्इरहेको देख्न सकिन्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारलाई बिहान देखि बेलुका सम्म भ्याईनभ्याई भइरहेको छ ।
स्थानीय निकाय निर्वाचन हुने भए पछि मतदाता पनि उत्साहित बनेका छन् । मतदाताहरु कस्ता जनप्रतिनिधिहरु आफ्नो क्षेत्रबाट उठेका छन् र तीनको पृष्ठभूमि के कस्तो रहेको छ भन्ने मूल्यांकन गरिरहेका छन् । दिनदिनै घरमा आयनउने उम्मेदवारलाई आफूले मतदान गर्ने आश्वासन पनि मतदाताहरुले उम्मेदवाुलाई दिने गरेका छन् ।
स्थानीय तहको निर्वाचनको लागि दलहरुले जनतालाई लोभ्याउन चुनावी घोषणा पत्र समेत जारी गरेका छन् । चुनावी घोषणा पत्रमा नगर र गाउँलाई नेपालकै नमुना शहर र गाउँको रुपमा बिकास गरेर देखाउने प्रतिबद्धता स्थानीय उम्मेदवारले गरेका छन् । स्थानीय तहमा निर्वाचित भएको अवस्थामा नगरको बिकासको लागि योजना र भिजन रहेको र सोही अनुरुप ५ बर्षे कार्यकालमा शहरको कायापलट गर्ने गुलियो सपना बाँडनमा दलका नेताहरु व्यस्त रहेको अवस्थामा मतदाता भने नेताका सपनाका बारेमा के सोच्दो होला त ? सर्बप्रथम त नेपालमा गणतन्त्र स्थापना भएको १ दशक भइसकेको छ । तर जनताका समस्या जहाँको तहिँ छ । दलहरुका नेताहरु स्थानीय तहको निर्वाचन नभएकै कारण देशको विकास नभएको कारण अगाडि सारेर अवको स्थानीय निकायको निर्वाचन आफेनो दलले जितेको खण्डमा देशमा चौतर्फी बिकास हुने बताइरहेको छ । तर ती दलहरुलै हुन जो केन्द्रिय सत्ताको बागडोर सम्हालेर एक दशकको समय बिताई सकेको अवस्थामा सिन्को भाँच्न सकेनन् भने ती दलको छहारीमा रहेका स्थानीय तहका कार्यकर्ताबाट संचालन हुने नेताहरुले घोषणा पत्र अनुरुप प्रतिबद्धता जाहेर गरेका बिकास निर्माणका कार्यहरु लगायत शहर र गाउँको समग्र समस्याहरु निराकरण गर्नमा सक्षम होला त ?
ती नेताहरुले चाहेको भए देशको समस्या केन्द्रिय तहबाट नै समाधान हुन सकथ्यो । तर हुन सकेन । राजनीतिक दलहरु जनतालाई आश्वासनको मिठो पोका बाँडेर सत्ताको बागडोर समालेर बसे तर तीनले जनताको समस्या र देशको बस्तुस्थितिको बारे भन्दा पनि व्यक्तिगत स्वार्थ र पार्टीगत स्वार्थमा देशको साधन र स्रोतको दुरुपयोग गरिरहे जसको कारण पनि आज देशको स्थिति स्थिर रहन पुगे ।
नेपाली जनतालाई अन्धकारमा राखेर देशका कल कारखाना लगायत उद्योग धन्दाहरु चल्न नसक्ने अवस्थामा पु¥याएर कमिसन खान पल्केकाहरु कै समर्थनमा देश चलेको छ । नेपालमा जोसँग पैसा र शक्ति छ उसले मात्र राजनीति गर्न सक्ने बातावरणका कारण पनि देशको अवस्थाले काँचुली फेर्न नसको हो ।
अहिले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले निर्वाचनमा खर्च गर्न पाउने सिमा तोकेको छ । तर दलका नेताहरुले सो सिमा भन्दा कयौं गुणा बढी रकम खर्च गरेको देखिन्छ । तर निर्वाचन आयोग लगायत अनुगमन गर्ने निकायको कमिका कारण पनि खर्च गरेको रकम प्रमाणित हुन सक्ने अवस्था छैन । जसको फाईदा उम्मेदवा।रले लिने गरेको छ । दोस्रो कुरा निर्वाचनमा हुने अधिक खर्च र खर्चालु प्रवृति कै कारण निर्वाचित हुने उम्मेदवारले सो खर्च असुल गर्ने नियतबाटै कार्य गर्ने हुँदा पनि तिनका प्रतिबद्धता कुनै समय देखेको सपना बिपनामा उठेपछि भताभुंग हुने यर्थाथ अबको  समयमा नेताहरुबाट नभए राम्रो । तर पनि सपना त आखिर सपना नै हो । जुन कसै कसैको मात्र पुरा हुने गर्दछ । धेरैको सपना भने कहिल्यै पुर। हुँदैन । अव यस्तो परिस्थिति सायद नआवस यहि कामना मात्र गर्न सकिन्छ ।

Post a Comment

Previous Post Next Post