भक्तपुर । वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै छ । जिल्लाका चारवटै नगरपालिकाका टोलटोलमा चुनावी रौनक छाएको छ । दलहरु घरदैलो कार्यक्रम र जनसभा मार्फत सर्बसाधारणका घर आँगनमा पुगिरहेको अवस्थामा पनि भक्तपुर जिल्लाका भूकम्पपीडितहरु अझै पनि टहरोको भरमा जििवका बिताउँदै छ । उनीहरुका शिविरमा भने खासै चुनावको रौनक देखिएको छैन न त स्थानीय तहका नेताहरु नै पुगेका छन, न त चुनावी माहोल नै छ । भक्तपुरको देकोचा, व्यासी, नःपुखु, सल्लाघारी, च्याम्हसिंह लगायतका शिविरमा दुई वर्षदेखि बस्दै आएका भूकम्पपीडितको शिविरमा भने चुनावको कुनै चहलपहल नै छैन ।
भक्तपुर नगरपालिका देकोचास्थित भूकम्पपीडितको शिविरमा भोलाछेँको घर भत्किएर शिविरमा बस्दै आएका जयकृष्ण कुम्पाखाले भोट माग्न शिविरमा कोही नेता पनि नआएको बताएका छन् । उनले भने – भूकम्प गएदेखि अहिलेसम्म यहाँको अवस्था कस्तो छ, समस्या छ कि छैन, कसरी बसेका छन् भनेर कोही सोध्न आएका छैनन् । चुनाव आउनै लाग्दा पनि यहाँ भोट माग्न कोही नेता आएका छ्रैनन् ।
भूकम्पपछि मानवीय आस्था नेपालले बनाइदिएको जस्ताको टहरामा बस्दै आएका यहाँका ५० घरपरिवारमा अहिले १६ परिवार मात्रै बस्दै आएका छन् । उनले भने – मानवीय आस्था नेपालले राहत ल्याइदियो । बस्ने बास दियो । अहिलेसम्म पनि खानेपानीको व्यवस्था गरिदिएको छ । भोट पनि उसैले भनेका व्यक्तिलाई दिन्छौं ।
कोही घर बनाएर त कोही भत्किएकै घर मर्मत गरेर बस्न गइसके पनि त्यसरी जाने ठाउँ नभएकाहरु बाध्यताले शिविरमा बस्दै आएका छन् । याछेँ घर भई शिविरमा दुई वर्षदेखि बस्दै आएका कृष्णश्वरी सिजख्वले पनि शिविरमा कुनै चुनावको रौनक नआएको बताउँछन् । शिविर बाहिर चुनावको निकै चहलपहल, प्रचारप्रसार भए पनि शिविरभित्र भने कोही भोट माग्न नआएको बताईएको छ ।
त्यस्तै मध्यपुर थिमि नगरपालिकामा पनि दुइ बर्ष देखि जस्ताको टहरामा बस्दै आएका पिडितहरुको समस्याका बारेमा स्थानीय तहमा रहेको राजनीतिक दलका नेताहरुले कुनै सहयोग नष्गरेको बताउँछन् ।
मध्यपुर थिमि नगरमा हाल सम्म नापी नक्सा भई सकेर पनि अधिकांशले जग्गाको लालपुर्जा प्राप्त गर्न सकेका छैनन् । जसको कारण सामथ्र्य हुने्ले पनि घर निर्माण गर्न सकेका छैनन् भने आर्थिक अवस्था कमजोर हुनेका अवस्था त्यो भन्दा नाजुक रहेको छ ।
भुकम्पले क्षती गरेको दुई बर्ष सम्म पनि स्थानीय तहका नेताहरुले जनताको स्थानीय तहको समस्याका बारेमा कुनै चासो नलिएको तर चुनावकोृ समयमा नगरको बिकास र नगरको समस्या दुई तीन बर्षमा जादुकै छडीले समाधान गर्ने स्थानीय तहका नेताहरुले घोषणा गरिरहँदा यहाँका भुकम्पपिडित भने स्वबासी घर जग्गा कहिले आप्mनो नाममा होला र सानो टहरा मात्र बनाएर भए पनि बस्न पाए हुन्छ भनेर सोच्दै होला । साथै यहाँका अधिकांश पिडितको नाम समेत लाभग्राहीको सुचिबाट हटाएको छ । तर सो को बारेमा किन र कसरी हट्यो भन्ने सम्वन्धमा बुझेने निकाय नहुँदा स्थानीय मर्कामा परेका छन् । यस्तो प्रकारको स्थानीय समस्याको समाधानमा भन्दा पनि दलका स्थानीय नेताहरु राष्ट्रिय तहका स्मार्ट सिटी र मोनो रेल र सिटी रेल गुडाउने आश्वासन बाँडेर भोट माग्न व्यस्त छन् ।

Post a Comment