सिक्किम नेवाः गुथिमा नया“ नेतृत्व

अन्तरवार्ताकाठमाडा । भारतको सिक्किम भरीका नेवारहरुको साझा संगठन सिक्किम नेवाः गुथिले नयाँ नेतृत्व पाएको छ ।
सिक्किमको राजधानी गान्तोक नजिक ताडोङ स्थित पर्यटन भवनको सभा गृहमा गत आइतबार भएको गुथिको कार्यसमितिको चुनावमा दिलु कुमार प्रधानको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यकारिणी समिति चयन गरेको छ ।
अध्यक्ष पदमा भाजु दिलु कुमार प्रधान, उपाध्यक्षमा आरिथाङका भाजु हरी प्रसाद प्रधान, महिला उपाध्यक्षमा जालीपूलकी मय्जु रेशु प्रधान तथा महासचिवमा सिच्चेकी मय्जु अनिता प्रधान निर्वाचित भइन् ।
निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष (महिला र पुरुष), महासचिव अनि कोषाध्यक्ष पदका निम्ति उम्मेदवारहरुले मनोनयन दिएका थिए । त्यसमध्ये कोषाध्यक्ष पदका निम्ति एक उम्मेदवारले नामाङ्कन फिर्ता लिएको कारण रानीपूल निवासी भाजु महेन्द्र प्रधानलाई चुनाव अगावै निर्विरोध निर्वाचित घोषणा गरेका थिए । यस ऐतिहासिक चुनावमा मतदान गर्न सिक्किम भरीका नेवार समुदायको ठुलो सहभागिता रहको थियो, जसमध्ये कुल ८३४ मतदाताले निर्वाचनमा भाग लिएका थिए ।
यस अघि सोही स्थानमा सिक्किम नेवार गुथिको वार्षिक साधारणसभा सिक्किम सरकारको मुख्य सचेतक एंव विधायक श्री बिक्रम प्रधानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । यस अवसरमा विधायक एंव संसदीय सचिव श्री श्याम प्रधान पनि उपस्थिति रहेको थियो भने सिक्किम नेवार गुथिका अञ्चल तथा शाखाका सम्पूर्ण कार्यकारिणी सदस्यहरु लगायत सिक्किम भरीका नेवार समुदायहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै बिक्रम प्रधानले सिक्किमको सम्पूर्ण नेवार समुदायले एकअर्कामा विभिन्न आलोचना नगरी सिक्किमे नेवार जातिको निम्ति अघि बढ़नु पर्ने बताए ।
साथै उनले सिक्किम सरकार साथै मुख्यमन्त्री पवन चामलिङले ईन्द्रजात्रा पर्वको दिनमा सरकारी विदा दिएको, नेवारी भाषालाई राज्य भाषाको रुपमा मान्यता दिएको तथा सरकारले नेवारी शिक्षक शिक्षिकालाई नियुक्ति दिएर विभिन्न गाउँ बस्तीमा नेवार समुदायका शिक्षक शिक्षिकाहरुले पढ़ाइरहेको बताए ।
कार्यक्रममा गुथिका अध्यक्ष भाजु दिलु कुमार प्रधानले वार्षिक प्रतिवेदन तथा भविष्यको एजेण्डाका बारेमा बताए । त्यस्तै कोषाध्यक्षद्वय भाजु रोहित कुमार प्रधान अनि भाजु महेन्द्र प्रधानले वार्षिक सभामा वार्षिक हर हिसाबहरु प्रस्तुत गरेको थियो ।
नेपाल बाहिर भारतको सिक्किममा सरकारको आर्थिक सहयोगमा नेवारी भाषाको अध्ययन अध्यापन हुने गरेको छ । तर दुःखको कुरा हाम्रो नेपालमा नेपालको मौलिक भाषाको बिकासमा सरकारले कुनै प्रकारको सहयोग नगरेको र एउटै मात्र भाषालाई अनिवार्य बनाएर अन्य भाषाहरुको अस्तित्व खतरामा पार्ने नीति लिएको छ ।
(राजकुमार प्रधानकोे सहयोगमा)

Post a Comment

Previous Post Next Post