‘होल बडी चेकअप’ र चलाइएको हौवा




डा. समिर लामा

हिजोआज स्वास्थ्यको बजारमा 'होल बडी चेकअप'को फेसन  खुब चलेको छ। यसलाई छोटकरीमा डब्लुबीसी पनि भन्दा रहेछन्। विभिन्न अस्पतालहरुले यसका विभिन्न प्याकेजहरु ल्याएर ग्राहकहरुलाई आफूतिर तान्ने होडबाजी नै चलेको छ। यसको आफ्नै फाइदाहरु पनि छन्। आफूलाई स्वस्थ ठान्ने व्यक्तिहरुले पनि यो जाँच गराउदा रोग पत्ता लागि बेलैमा उपचार शुरु गरेर जीवन नै बचेको घटनाहरु पनि छन्। जुन देख्दा सुन्दा सबैले यो गर्नैपर्ने जस्तो भान हुन्छ। आफूले वरपर जे देखियोसुनियोआफूलाई नि त्यही रोग लागे झैं लाग्नु सामान्य ह्युमन साइकोलोजी नै हो। फलाना जन्डिस लागेर मर्याे भनेपछी सामान्य विरामी भए पनि अस्पताल पुगेर जन्डिस जाँच नगराई मनले मान्दैन। फलानाका टाउको दुख्योदुख्यो भन्थ्योपछी ब्रेन ट्युमरले मरेछ भनेको सुन्दा आफ्नो टाउको दुखाइ नि कतै ब्रेन ट्युमर हैनएकपटक सिटी स्क्यान गर्न पाए ढुक्क भइन्थ्यो भन्ने कुरा मनमा खेलिरहन्छ। तर के यसरी डाक्टरको उचित सल्लाह विना आफ्नो डरले गरिनेप्याकेजको रुपमा गरिने जाँचहरुले वास्तवमै हित गरिरहेका हुन्छन् ?

'होल बडी चेकअप' गरेर बेलैमा रोग पत्ता लागेर यसको फाइदा लिएकाहरुका लागि यो वरदान नै हुन्छ। तर ती कति छन्कति जनाको होल बडी चेकअप गर्दा कति प्रतिशतमा रोग देखिएको होअर्थात जाँच गरिएको मध्ये कति प्रतिशतलाई यसले फाईदा पुर्याएको होयसको भने कतै हिसाब भएको पाइदैन। हुन स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी अनावश्यक जाँचहरु गर्नु जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो।

यहाँ मैले नियमित स्वास्थ्य परिक्षणको विरोध गरेको छैन। स्वस्थ हुँदा नै नियमित रुपमा चिकित्सकलाई भेटेर शारिरिक परिक्षण गराउनु (जसमा ल्याब टेस्ट गर्नैपर्छ भन्ने हुन्नतौलउचाइपेटको गोलाई नाप्नेबीएमआइ नाप्नेस्वास्थ्य सम्बन्धी जानकारीहरु लिने आवश्यक परेमा ल्याब टेस्टहरु गराउने प्रकृयाको समर्थन गर्छु। तर यहाँ विभिन्न रगत जाँचहरुलाई प्याकेजको रुपमा सुपथ मूल्यमा अफर दिएर उपभोक्तालाई दिग्भ्रमित गर्दै आकर्षित गरिदैछत्यसको मैले विरोध गरेको हुँ। हामी चिकित्सकसँग गरिने कन्सल्टेसनशारिरिक जाँचलाई भन्दा मेसिनले गर्ने रगतपिसाबपेटछाती सम्पूर्ण शरीर जाँचलाई बढी महत्व दिइरहेका छौंजुन गलत हो। यस्ता होल बडी चेकअपका प्याकेजहरुले समाजमा ठूलो समस्याको रुपमा रहेको मानसिक रोगहरुलाई पनि नजरअन्दाज गरेको छ। हामी रोग रगतपिसाबएक्सरेसिटी स्क्यानकागजी रिपोर्टमा खोज्दै गर्छौंउपचार गोलीसूईसलाइनमा खोज्दै गर्छौं चिकित्सकसँगको सल्लाहपरामर्शरोग स्वास्थ्य बारेको जानकारीलाई बिर्सदै गएका छौं।

'होल बडी चेकअप' गरेर बेलैमा रोग पत्ता लागेर यसको फाइदा लिएकाहरुका लागि यो वरदान नै हुन्छ। तर ती कति छन्कति जनाको होल बडी चेकअप गर्दा कति प्रतिशतमा रोग देखिएको होअर्थात जाँच गरिएको मध्ये कति प्रतिशतलाई यसले फाईदा पुर्याएको होयसको भने कतै हिसाब भएको पाइदैन। हुन स्वास्थ्यको लागि के पैसाको हिसाब गर्ने भन्ने पनि होलान् तर स्वास्थ्य भनेर जथाभावी अनावश्यक जाँचहरु गर्नु जनतामा त्यसको गलत सन्देश दिएर त्यसबाट व्यापारिक फाईदा उठाउनु गलत हो।


उदाहरणको लागि बेसिक हेल्थ प्याकेजमा सीबीसीक्रिएटिनिनटिएसएचबिलिरुबिनलाई पनि राखिएको रहेछ। यी जाँचहरुले के रोग पत्ता लगाउन खोज्या हुन्विना कुनै स्वास्थ्य समस्याका सामान्य मान्छेमा सीबीसी जाँच हेरेर के रोग पत्ता लगाउन खोज्या हुन्ब्लड क्यान्सरकि रक्तअल्पताकि कुनै संक्रमणक्रिएटिनिनलाई सामान्यरुपमा म्रिगौलाको जाँचको रुपमा लिइन्छतर धेरै नन-मेडिकल मान्छेहरुलाई थाहा नहुनसक्छदूवै म्रिगौलाको काम ६० प्रतिशतसम्म बिग्रदा पनि क्रिएटिनिन भन्ने जाँच नर्मल आउनसक्छ। म्रिगौलाको अवस्था सहि भए नभएको थाहा पाउन यो जाँच फाइदाजनक छैन। बरु नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले हेल्थ पोस्ट स्तरसम्म पुर्याएको नि:शुल्क पिसाब जाँचमा हेरिने एल्बुमिन सुगरको डिपस्टिक टेस्टले राम्रो स्क्रिनिङ टेस्टको काम गर्छ। हिजोआज थाइरोइडको जाँच पनि अन्धाधुन्द हुने जाँचहरुमा प्रमुखरुपमा आउछ। सबै स्वस्थ मान्छेहरुलाई होल बडी चेकअप भन्दै महंगो थाइरोइडको जाँच गराइनु लुट नै हो। डाक्टरसँगको परामर्शमा थाइरोइड सम्बन्धी रोग हुने शंका लागेमा केही निश्चित समूहमा स्क्रिनिङ टेस्टको रुपमा यो जाँच गर्न सकिन्छ।

स्वास्थ्यमा गरिने कुनै पनि जाँचले कसरी रिजल्ट दिन्छ? त्यो पोजिटिभ आउनुको मतलब के होत्यसको मात्रा सामान्य भन्दा बढी देखिनुको मतलब के हो ? कुनै पनि जाँचको सामान्य मात्रा वा नर्मल लेभल भनेको के हो ? यी कुराहरु सामान्यतया मान्छेहरुले बुझेका हुँदैनन्। जस्तो खाली पेटको सुगर जाच्दा १२७ आयो भने सुगर भयो भने पूरै खाना बार्ने तर १२५ आयो भने मलाई सुगर छैन भने खुसी हुने जमात ठूलै जुन गलत हो। जन्डिस पुग्दा नि 'ओहोमलाई जन्डिस भयोभनेर सबै खाना बार्ने अनि १२ पुग्ने बित्तिकै जाँडरक्सी शुरु गर्नेको भिड नि ठूलो छ। अर्को कुरा कुनै पनि टेस्ट सतप्रतिशत सहि हुँदैन। कुनै टेस्ट पोजिटिभ आउँदैमा त्यो व्यक्तीलाई उक्त रोग भन्ने १००% ग्यारेन्टी हुँदैन टेस्ट नेगेटिभ आउँदैमा १०० प्रतिशत रोग छैन भन्ने पनि हुँदैन। त्यसैले मेडिसिनमा सधैं भनिन्छटेस्टको हैन विरामीको उपचार गर्नुपर्छ। उसको लक्षणसमस्याअनी उपचार प्रकृयाले आउनसक्ने जटिलता सबैलाई तौलिएर मात्र उपचार अघी बढाउनुपर्छ।

अर्को अचम्मको जाँच भनेको रगतमा हेरिने युरिक एसिड हो। नेपालीलाई जहाँ जे दुखे पनि युरिक एसीड हेर्नुपर्छडाक्टरहरुलाई नि सजिलोयुरिक एसिड हेरम भन्दियो। सुन्दा अचम्म लाग्ला मेडिसिनमा युरिक एसिड भन्ने रोग नै छैन। युरिक एसिडको मात्रा जोर्नीमा बढी भएर जोर्नी दुख्ने रोगलाई गाउट भनिन्छयसको डायग्नोसिस क्लिनिकल्ली अर्थात लक्षण शारिरिक जाँचको आधारमा पनि गर्न सकिन्छकन्फर्म जाँचको लागि सुन्निएको जोर्नीबाट पानी (साइनोभियल फ्लुड) निकालेर जाच्नुपर्छ। रगतमा युरिक एसिडको मात्रा बढ्दैमा त्यसैले जोर्नी दुखेको भन्न मिल्दैन। यो कुरा आम मानिसलाई कसले भन्दियोस्सबै जो रगत जाँच गराउदै युरिक एसिडको नाममा व्यापार गर्न व्यस्त छन्।

४० वर्ष कटेपछीको प्याकेजमा पीएसए प्रोस्टेटको क्यान्सरको जाँच पनि रहेछ। अझै पनि विश्वभरी नै पीएसएलाई प्रोस्टेट क्यान्सरको लागि प्रारम्भिक जाँच मान्ने कि नमान्ने भनेर बहस चलिरहेको बेलामा नेपालमा ४० कटेका सबैलाई होल बडी चेकअप भनेर 'पीएसएटेस्ट राखिनुको अर्थ के होपीएसएको मात्रा धेरै आउँदैमा तपाईंलाई प्रोस्टेट क्यान्सर नै भन्ने पनि हुँदैनउमेर बढ्दै गएपछी प्रोस्टेट बढ्दा पनि यसको लेभल बढ्न सक्छ यो क्यान्सर पत्ता लागे पनि यसको उपचार गराएर फाईदा बढी हुन्छ कि बेफाईदा भन्ने पनि बहसको कुरा छ। यस्तो जाँचलाई ४० वर्ष माथिका सबैलाई भनेर राख्दा पोजिटिभ आएर उक्त व्यक्तीलाई पर्ने अनावश्यक आर्थिकमानसिकशारिरिक भारको जिम्मा कल्ले लिन्छ?

सुगर छैन भनेर थाहा पाउनको लागि खाली पेटमा गरिने सुगर जाँच (फास्टिङ सुगर) सस्तो राम्रो जाँच हो। यती किफायती जाँच हुँदा हुँदै एचबीए वन सीजुन राम्रो भए पनि तुलनात्मक रुपमा धेरै महंगो हुन्छलाई किन होलबडी चेकअप भनेर ४० कटेका सबैलाई भनेर राखियोके ४० कटेकाले फास्टिङ सुगर मात्र हेरेर मधुमेह भए नभएको थाहा हुँदैन ?

जाँडरक्सीचुरोट धेरै खानेपेटको गोलाई बढी भएकोउचाइको अनुपातमा तौल बढी भएकोबीएमआइ बढी भएको व्यक्तीलाई रक्सीचुरोट कम गर्नुस्व्यायाम गर्नुस्चिल्लो कम गर्नुस्हरियो सागसब्जी बढी खानुस्फलफूल खानुस् भन्नलाई महंगा लिभर फङ्सन टेस्ट (एलएफटी) लिपिड प्रोफाइल टेस्ट (रगतमा बोसोको जाँच) गरिरहनुपर्दैन।

त्यसैले प्याकेजको रुपमा देखिदा आफ्नो स्वास्थ्यको लागि थोरै पैसामा धेरै जाँच गर्न पाइने जस्तो देखिए पनि यी प्याकेजहरुमा धेरै अनावश्यक महंगा जाँचहरु सामान्य मान्छेले थाहा नपाउने गरेर घुसाइएका छन्जुन जाँचहरु अन्तराष्ट्रियस्तरमा पनि स्वस्थ मान्छेका लागि गरिने प्रारम्भिक जाँच (स्क्रिनिङ टेस्ट) भनेर प्रमाणित भएका छैनन्। विना प्रमाण विना फाईदाका यस्ता अनावश्यक जाँचहरु विशुद्दरुपमा व्यापारिक फाईदाका हिसाबले राखिएका हुन्।

अन्तमा 'होल बडी चेकअप'का प्याकेजको नाममा पैसा समय फाल्नु भन्दा नियमित चिकित्सकलाई गएर भेट्नेशारिरिक परिक्षण गराउने आवश्यक स्क्रिनिङ टेस्टहरु मात्र गराउनु फाईदाजनक हुन्छ। नियमित गराउनुपर्ने जाँचहरुमा प्रेसर नाप्नेउचाइतौल नाप्नेपेटको गोलाई नाप्नेबीएमआइ नाप्नेस्क्रिनिङ टेस्टहरुमा फास्टिङ सुगर टेस्टपिसाबमा प्रोटिनसुगर हेर्नेमहिलाहरुले पाठेघरको मुखको क्यान्सरको लागि प्याप स्मियर टेस्ट गर्ने पर्छन्। यी बाहेक अरु डाक्टरसँगको सल्लाहमा आवश्यक जाँचहरु मात्रै गराउनु उपयुक्त हुन्छ।

डा लामा http://myhealthynepal.blogspot.com  मा नियमित लेख्छन्





Post a Comment

Previous Post Next Post