मध्यपुर थिमि । चोरी, डकैती लगायत आपराधिक घटनालाई नियन्त्रण र न्यूनिकरण गर्नका लागि महानगरीय प्रहरी वृत्त थिमिले चोक÷चोकमा सिसी क्यामरा जडान गरेको छ ।
मध्यपुर थिमि नगरपालिकाको पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो ।
मध्यपुर थिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिनु भएको छ । सुरक्षाका लागि प्रहरीले बैंकका सञ्चालकहरुलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । प्रहरीले अरनीको राजमार्ग खण्ड अन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोक चोकमा र पुरानो बाटोको बाहाखा बजार देखि शंखधरचोक लगायत सर्वसाधारणको बढी भिडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गर्न थालेको छ ।
सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाट लगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारी चालकलाई नियन्त्रण गर्न समेत सहयोग पुग्ने ओलीको भनाइ छ । नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले मध्यपुरलाई सुरक्षित नगरको रुपमा विकास गर्नका लागि सिसी क्यामरा जडान गर्न सहयोग गरेको बताए ।

Post a Comment