मध्यपुर इलेक्ट्रो गु्रपद्वारा सम्मान कार्यक्रम सम्पन्न

मध्यपुर थिमि । मध्यपुर थिमिका बिद्युत सम्बन्धी   कार्य गर्ने र व्यवसायीहरुको साझा संस्था मध्यपुर इलेक्ट्रो गु्रपले गत बैशाख ३१ मा सम्पन्न स्थानीय निकायको निर्वाचित भएका मेयर, उपमेयर र वडा अध्यक्ष लगायत सदस्यहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रम गत जेठ २२ गते यचु पार्टी भन्यूमा सम्पन्न गरेको छ ।
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ उपमेयर अन्जना मधिकर्मी लगायत वडा अध्यक्ष र नससहरुदाई सगुन दिई सम्मान गरिएको थियो । साथै कार्यक्रममा नवबर्षको बिस्का जात्राको समयमा नगरका बिभिन्न मठ मन्दिर र बाटोमा सडक बत्ती जडानको क्रममा सहयोग गर्ने व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो ।
साथै उक्त कार्यक्रममा निकट समयमा नै मध्यपुर थिमिका गृहणीहरुलाई लक्षित गरि घरायसी इलेक्ट्रीक सामानहरु प्रयोग र अपनाउनु पर्ने सावधानीको बिषयमा समेत प्रशिक्षण दिने कार्यक्रम रहेको संस्थाका सचिब ज्ञानशंकर श्रेष्ठले जानकारी गराउनु भएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष बिश्वहरि श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।

Post a Comment

Previous Post Next Post