अनैतिक क्रियाकलाप गरेको भन्दै ५ जना पक्राउ


भक्तपुर – महानगरीय प्रहरी परिषर भक्तपुरबाट खटिएका प्रहरी टोलीले आज शनिबार अनैतिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

सूर्यविनायक नगरपालिका(५ सृजनानगर महाकाली पेट्रोल पम्पसँगै रहेको रुफटप खाजाघरमा प्रहरीको टोलीले छापा मारी दुई पुरुष, दुई महिला र खाजाघर सञ्चालक समेतलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

खाजा घरको माथिल्लो तलाको दुईवटा कोठामा अनैतिक क्रियाकलाप गरिरहेको अबस्थामा उनीहरु पक्राउ परेको प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो ।

Post a Comment

Previous Post Next Post