भक्तपुरका तीन नगरमा कार्यपालिका गठित

भक्तपुर । स्थानीय तहअन्तर्गत भक्तपुरका तीन नगरपालिकाको कार्यपालिका गठन भएको छ । सोअनुसार मध्यपुरथिमिको नगर कार्यपालिकामा महिला, दलित वा अल्पसंख्यक आठै सदस्यमा नेपाली काँग्रेसका उम्मेदवारर विजयी भएका छन् । महिलाबाट अरुणा कारञ्जित, बिनु केसी, मीरा खड्का, रमिता जिमा ९सांय० श्रेष्ठ, र सुजाता वादे तथ दलित वा अल्पसङख्यकबाट चन्द्रवती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएका छन् । भक्तपुर नगरपालिकामा भने महिला सदस्यका लागि नेमकिपाको मात्र उम्मेदवारी परेको थियो । भक्तपुर नगरमा गठन भएको १७ सदस्यीय नगर कार्यपालिकामा नेमकिपाका तर्फबाट सुनिता प्रजापति, कृष्णलक्ष्मी दुवाल, सरिना द्यौला, रोशनमैयाँ सुवाल र छोरीमैयाँ सुजखू प्रजापति निर्विरोध निर्वाचित भएका छन् । सूर्यविनायक नगरकार्यपालिकामा गठन भएको २० सदस्यीय कार्यपालिकामा एमालेका तर्फबाट दलित वा अल्पसंख्यक सदस्यमा हिरामाया शेर्पिनी, राजेन्द्र भुजेल र दीपक विशुङ्खे तथा महिला सदस्यमा सुुभद्रा खत्री, तारा खतिवडा ९सापकोटा०, अम्बिका न्यौपाने, जुनुमाया तामाङ, तारा बस्नेत ९खड्का० निर्वाचित भएका हुन् । चाँगुनारायण नगरपालिकामा भने यही जेठ ३१ गते कार्यपालिकाको चुनाव हुने छ ।

Post a Comment

Previous Post Next Post