मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिकामा मेयरमा नेकपा एमालेको तर्फबाट मदनसुन्दर श्रेष्ठ निर्वाचीत भएपनि कार्यपालिकामा भने कांग्रेसले दुई तिहाइभन्दा बढी प्रतिनिधि हात पारेको छ । नगर कार्यपालिकाको लागि गत सोमबार भएको निर्वाचन अन्तर्गत पाँच महिला र तीनजना दलित तथा अल्पसंख्यकमा सबै नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
पाँच महिलातर्फ नेपाली कांग्रेसका रमिता जिमा श्रेष्ठ, सुजाता बाडे, अरुणा कारञ्जित, बीनु केसी र मीरा खड्का निर्वाचित छन भने दलित तथा अल्पसंख्यक तर्फ नेपाली कांग्रेसकै चन्द्रावती मिजार, बिलबहादुर विश्वकर्मा र विष्णु परियार निर्वाचित भएका छन् । पाँच महिला र तीन दलित तथा अल्पसंख्यक थपिए पछि कूल १९ सदस्यीय नगरपालिकाको कार्यपालिकामा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिको संख्या १५ जना पुगेको छ । कार्यपालिकाको दुईतिहाइ संख्या १३ जना हो ।
उता मेयर श्रेष्ठले भने बहुमतको आधारमा पेल्न खोजेर जनताका राम्रा काम गर्न बाधा अवरोध पु¥याए आफू मिडियामा आउने बताएका छन् । नगरबासीको समग्र हितमा आफू केन्द्रित भएर कार्य गर्ने बताउँदै मेयर श्रेष्ठले जनताको पक्षमा काम गर्न खोज्दा रोक्न खोजे आफू बाध्य भएर मिडियामा आउने र मिडियाले समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो ।

Post a Comment