निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी वितरण आचारसंहिता विपरितः आयोग

काठमाडौंः निर्वाचन आयोगले आचारसंहिता विपरित राजनीति दल तथा उम्मेदवारहरुले निर्वाचन चिन्ह अंकित सामग्री वितरण गरेको भन्दै त्यस किसिमका क्रियाकलाप तत्काल रोक्न सम्वन्धित क्षेत्रका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको छ।

आयुक्त सुधीरकुमार शाहको अध्यक्षतामा बसेको निर्वाचन आचारसंहिता समितिको बैठकले विभिन्न स्थानमा विभिन्न राजनीतिक दल तथा उम्मेदवारहरुले निर्वाचन चिन्ह अंकित टि–सर्ट, टोपी, झोलालगायतका सामग्री मतदातालाई वितरण गरेको जानकारी प्राप्त भएको भन्दै यस्तो कार्य रोक्न निर्देशन दिएको हो।

राजनीतिक दलहरुले निर्वाचन प्रचारका लागि चुनाव चिन्ह अ‌ंकित टि(सर्ट टोपी ब्यापक रुपमा वितरण गर्दै आएका छन्।

बैठकले यस्ता कार्यको अनुगमन गरी आचारसंहिता विपरितका कार्य नगर्न नगराउन मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा आचारसंहिता अनुगमन गर्ने अधिकारीलाई निर्देशन दिएको छ।

Post a Comment

Previous Post Next Post