द्वन्दले देशलाई बर्बादी तर्फ मात्र धकेल्छ



द्वन्दले देशलाई बर्बादी तर्फ मात्र धकेल्छ ।


नेपालको राजनीतिक दिशाका बारेमा कहिले के हुन्छ ? कहिले के यो बिषयका बारेमा नेपाली जनताले अनुमान मात्र लगाउन सक्दछ सरकारले स्थानीय तहको चुनावको घोषणासँगै संशोधन बिधयेक संसदमा पेश गरेर मधेशी लगायत जनजातीको माग सम्बोधन गर्ने स्थानीय निकायको निर्वाचनमा भाग लिन लगाउने वातावरण बनाउन सत्तारुढ दल लागि परेको देखायो
तर फेरि सरकारले पहिले चुनाव पछि मात्र संशोधन हुने बताएर देशमा द्वन्दको बातावरण बनाउन सरकार आफैलागेको देखिन्छ एकातिर सरकार सेना लगायत सुरक्षा निकाय परिचालन गरेर पनि निर्वाचन सफल बनाउने रणनीतिमा रहेको भने अर्को तर्फ बिपक्षी दल दल दर्ता पनि नगर्ने निर्वाचनमा भाग नलिने मनस्थितिमा रहेको
त्यस्तै सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनमा अर्को आशंका पनि थपिएको , त्यो हो स्थानीय तहको पुनसंरचना सरकारले स्थानीय तहमा पहिले कायम गरेका स्थानीय तहको संख्या घटाएको भने सरकारले स्थानीय तहमा पहिले कायम भएका स्थानीय तहको पहिचान सहितको नामाबलीमा समेत हेरफेर गरेर पहिचान मेटाउने कार्य भएको भन्दै बिरोध हुन थालेको भने अर्को तर्फ स्थानीय तह घटाउने कार्य समायोजनको कार्यको समेत स्थानीय तहका राजनीतिक दलले बिरोध गरिरहेको अवस्थामा चुनाव कसरी हुन्छ ? आम जनसमुदायको प्रश्न रहेको
हाल सम्म सरकारले यस विषयमा कुनै ठोस निर्णय दिन सकेको छैन मात्र आगामी बैशाख ३१ गने स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने कार्यमा सरकार लागेको सुरक्षा निकाय लगायत निर्वाचन आयोग समेत लागेको बताएको अवस्थामा के निर्वाचन हुन्छ ?
सरकार स्थानीय निकायको निर्वाचन केन्द्र सरकारले गर्ने बताइरहेको अवस्थामा विपक्षी दल स्थानीय निकायको चुनाव संघीय राज्यले गराउने कार्य भएकोले यो सरकारको केन्द्रिकृत सोच भएको सत्तारुढ दल नेपालमा संघीय राज्य नभई बिगत कै राज्यसत्ताको स्वरुप केन्द्रिकृत राज्य व्यवस्था कायम गरेर जान चाहेको संकेतको रुपमा लिएको यसले नेपालमा फेरि पनि जारी संबिधानको मर्म माथि कुठाराघात हुने बिपक्षीको आरोप रहेको
माथिका यी यावत समस्याहरु रहेको अवस्थामा पनि सरकार चुनाव हुने बताइ रहेको भने संसदमा बिचाराधीन रहेको संशोधनको प्रस्ताव निर्वाचन पछि टुङ्गो लगाउने सत्तारुढ दलको प्रस्ताब कै कारण पनि बिपक्षी आसन्न निर्वाचन हुन नसक्ने दावी गर्दछ साथै निर्वाचन गर्न सरकार लागेको अवस्थामा समेत चुनावमा भाग नलिन अडानमा रहेको यसले देशमा द्वन्द निम्तने कुरालाई देवैले नकार्न सक्दैन किनकी सरकार सुरक्षा संयन्त्रको प्रयोग गरेर जसरी पनि निर्वाचन गराउने मनस्थितिमा रहेको विपक्षी मोर्चा कुनै पनि हालतमा चुनावमा भाग नलिने चुनाव हुन नदिने पक्षमा रहेको अवस्थामा यसले द्वन्द्यको स्थिति मात्र निम्ताउने यने नेपाली जनता देशको लागि समेत घातक हुने
निर्वाचन हुनु आफैमा राम्रो कार्य हो, अझ नेपालमा स्थानीय तह रिक्त रहेको लामो समय भइसकेको तसर्थ सबै पक्षलाई मिलाएर सबैको सहमतीमा मात्र चुनाव हुनु देशको हितमा हुन्छ यसले देशमा शान्तिपूर्वक रुपमा निर्वाचन सम्पन्न हुन सक्दछ यसले देशको राजनीतिक, सामाजिक एवं आर्थिक समृद्धिमा समेत सकारात्मक प्रभाव पार्दछ
तसर्थ बिद्यमान स्थानीय तहको निर्धारण लगायत सबैको भावना समेट्ने गरि संबिधानको संशोधन पश्चात मात्र निर्वाचन हुनु देशको हितमा हुन्छ द्वन्दले देशलाई बर्बादी तर्फ मात्र धकेल्ने गर्दछ तसर्थ सत्तारुढ दल विपक्षीले समेत समयमै सचेत भएर आवश्यक कदम चाल्ने आवश्यक

Post a Comment

Previous Post Next Post