आदर्श माविलाई नमूना विद्यालय बनाईने ।

मध्यपुर थिमि÷ आदर्श माध्यमिक विद्यालय, लाय्कू थिमिले स्थानीय निर्वाचनमा निर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठ लगायत, वडा अध्यक्ष तथा जनप्रतिनिधिको रुपमा निर्वाचित सो विद्यँलयका पूर्वविद्यार्थीहरुको सम्मानमा बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ ।
    विद्यालयका प्राचार्य उद्धव सुजखुको सभाध्यक्षतामा सञ्चालन भएको सो कार्यक्रममा विद्यालयका पूर्वशिक्षिका नवनिर्वाचित उपनगर प्रमुख अञ्जनादेवि मधिकर्मीलाई बधाई तथा शुभकामना तथा सो विद्यालयबाट शिक्षण पेशाबाट राजिनामा दिएकाले विदाई समेत गरेको प्राचार्य उद्धव सुजखुले जानकारी दिनु भएको छ ।
    मध्यपुर थिमि नपा वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठको उपस्थितिमा सञ्चालन भएको सो कार्यक्रमको मन्तव्यको क्रममा नवनिर्वाचित नगरप्रमुख श्रेष्ठले अव उप्रान्त शिक्षा क्षेत्रको सम्पूर्ण अधिकार नगरपालिकामा आएकाले सामुदायिक विद्यालयको पठनपाठनको स्तर उन्नती गरी आदर्श माध्यमिक विद्यालयलाई नमूना विद्यालय बनाउन आवश्यक व्यवस्था गरिने बताउनु हुदैं आदर्श माविकै कारण यस स्थानमा पु¥याउन सफल भएको बताउनु भयो ।
    मध्यपुर थिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले सो विद्यालयबाट २०४७ सालमा एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेका थिए भने सूर्यविनायक नगरपालिका वडा नं. १ बाट वडाध्यक्ष पदमा निर्वाचित वडाध्यक्ष सानुकाजी कायष्ठले २०४३ सालमा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसै गरी मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का नसस उमेश श्रेष्ठले सो विद्यालयबाट २०४३ साल एसएलसी उत्तीर्ण गरेका थिए । वडा नं. ४ का महिला नसस रामकेशरी श्रेष्ठले २०४४ सालमा एसएलसी उत्तीर्ण गरेका थिए भने अर्का नसस सुन्दरलाल श्रेष्ठ, वडा नं. १ का नसस प्रेम कुटु, रत्न कुमाल लगायत अन्य पूर्व विद्यार्थी जनप्रतिनिधिहरुलाई समेत विद्यालयको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरियो ।

Post a Comment

Previous Post Next Post